Techie IT
Samayabaddha
मंगलबार, ९ भदौ, २०८३

त्रिदेशीय टी–२० आई शृंखला : नेपालको लगातार चौथो हार


काठमाडौं, २२ माघ । त्रिदेशीय टी–२० आई शृंखलाअन्तर्गत नेपाली महिला टोली लगातार चौथो हार व्यहोरेको छ। टियु क्रिकेट मैदानमा मंगलबार भएको खेलमा नेपाल थाइल्यनन्डसँग पुनः पराजित भएको हो। नेपाल ५ रनले पराजित भएको हो।

थाइल्यान्डले दिएको १०७ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित ओभरमा १०१ रनमात्र बनाउन सक्यो। नेपालका लागि पूर्व कप्तान रुविना क्षेत्रीले सर्वाधिक २६ रन बनाइन्। त्यस्तै कविता जोशीले २४, पूजा महतोले ८ र रोमा थापाले अविजित १ रन बनाए। अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन्।

यसअघि टस जितेर ब्याटिङ गरेको थाइल्यान्डले निर्धारित ओभरको खेलमा ६ विकेट गुमाएर १०६ रन बनाएको थियो। थाइल्यान्डका लागि चनिदा सुथिरुले सर्वाधिक २७ रन बनाइन् भने थिप्त्चा पुथावोङले २५ रन बनाइन्।

नेपालका लागि मनिषा उपाध्यायले ३ विकेट लिौा पूजा महतो र रचना चौधरीले ११ विकेट लिए। यसअघि नेपालले आफ्नो तीनवटै खेलमा पराजित भएको थियो।


क्याटेगोरी : खेलकुद, समाचार

प्रतिक्रिया


ताजा अपडेट