Techie IT
Samayabaddha
मंगलबार, ८ वैशाख, २०८३

काठमाडौं बूढानीलकण्ठमा अनलाइन जुवा खेलाउने भारतीय नागरिकसहित २३ जना पक्राउ


काठमाडौं, २८ माघ । अनलाइन जुवा खेलाउने कार्यमा संलग्न रहेको आरोपमा २३ जना पक्राउ परेका छन् ।

भारत बिहार राज्य बाका घर भई काठमाडौं बूढानीलकण्ठ नगरपालिका(३ गैरीगाउँ बस्ने २२ वर्षीय वकिल कुमार यादव समेत २३ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो। घरमा अनलाइन जुवा खेलाई रहेको सूचनाका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी प्रभाग बूढानीलकण्ठबाट खटिएको प्रहरीले उनीहरूलाई ८१ हजार रुपैयाँ, विभिन्न कम्पनीका ८८ थान मोबाइल र १० थान ल्यापटपसहित पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

यसअघि पनि ललितपुरको सानेपामा रहेको दुईवटा घर भाडामा लिएर ठगी गर्ने २४ जना पक्राउ परेका थिए। उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विभिन्न आठवटा बेटिङ एप्समार्फत अनलाइन जुवा खेलाएर आर्थिक कारोबार गर्ने व्यक्तिहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा १० जना भारतीय र १४ जना नेपाली नागरिक थिए।

उक्त समूहले ३ अर्ब ४ करोड ७३ लाख ५६ हजार ६१२ रुपैयाँ बराबरको कारोबार गरेका हुन्। प्रहरीका अनुसार भारतमा बस्दै आएका एक व्यक्तिले ६ महिनाअघि उक्त दुईवटा घर भाडामा लिएका थिए।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट