Techie IT
Samayabaddha
मंगलबार, ८ वैशाख, २०८३

नेपाल निजामती कर्मचारी संगठनको महाधिवेशन : रेमन्त र भवानीबिच प्रतिस्पर्धा हुने


काठमाडौं । नेकपा एमालेनिकट नेपाल निजामती कर्मचारी संगठनको १२ औँ महाधिवेशन जारी छ। बुधबार राष्ट्रिय सभागृहमा सुरु भएको महाधिवेशनले नयाँ नेतृत्व चयन हुनेछ।

नेतृत्वका लागि हालका उपाध्यक्षहरू रेमन्त गौतम र भवानी दाहाल न्यौपानेको टिमबिच प्रतिस्पर्धा हुनेछ। दुवै पक्षले आफ्नो अडान कायम राखेका छन्।

महाधिवेशन प्रतिनिधिहरूबिच समेत निर्वाचन मार्फत नयाँ नेतृत्व चयन हुनुपर्ने आवाज उठिरहेको छ। जसले गर्दा समेत दुवै पक्ष चुनावी प्रतिस्पर्धामा उत्रिने देखिएका हुन्।

सूर्य थापाको निर्वाचन क्षेत्रका गौतमको लाइन बलियो देखिएको मानिन्छ भने न्यौपानेको पक्षले समेत पहिलो पटक महिलाले नेतृत्व गर्न पाउने बताउँदै आएको छ।आज दिनभर नयाँ नेतृत्व चयनको प्रक्रिया अघि बढ्ने छ। नेपालगन्जमा भएको १० औँ महाधिवेशनबाट महासचिव पदमा सर्वाधिक मत लिएर विजयी भएका गौतम ११ औँ महाधिवेशनबाट उपाध्यक्ष पदमा सर्वसम्मत रूपमा निर्वाचित भएका थिए ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट