Techie IT
Samayabaddha
मंगलबार, ८ वैशाख, २०८३

गाडीको ठक्करबाट भक्तपुरमा एक वृद्धाको मृत्यु


भक्तपुर, २ फागुन । भक्तपुरमा शुक्रबार दिउँसो गाडीको ठक्ककरबाट एक वृद्धाको मृत्यु भएको छ।

दिउँसो १ बजेतिर चाँगुनारायण नगरपालिका ३ कोल्पाकोट ओरालोमा व्यासीबाट झौखेलतर्फ जाँदै गरेको प्रदेश ३–०१–००३ क ४६३७ नम्बरको निशान गाडीले पैदलयात्रीलाई ठक्कर दिएको थियो।

ठक्करबाट चाँगुनारायण नगरपालिका ५ पिखेल बस्ने ७२ वर्षकी केकई मग्रराती मगरलाई गम्भीर घाइते भएकी थिइन्। उपचारको लागि काठमाडौँ मेडिकल अस्पताल दुवाकोट, भक्तपुर लगेकोमा उपचारकै क्रममा २ः २५ बजेको समयमा चिकित्सकले मृतक घोषणा गरेका छन्।

गाडी चालक भक्तपुर नगरपालिका १० कमलविनायक बस्ने ५४ वर्षका ईन्द्र नारायण सितखुलाई प्रहरीले पक्राउ गरेको छ

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट