Techie IT
Samayabaddha
मंगलबार, ८ वैशाख, २०८३

जिल्ला प्रहरी कार्यालय झापाभित्रै प्रहरी नायव निरीक्षक मृत भेटिए


झापा, ४ फागुन । भद्रपुरस्थित जिल्ला प्रहरी कार्यालय झापाभित्रै प्रहरी नायव निरीक्षक (सइ) धनराज खतिवडा मृत अवस्थामा भेटिएका छन्

जिल्ला भोजपुर टेम्केमैयुङ गाउँपालिका ४ घर भई हाल मोरङ कानेपोखरी गाउँपालिका ७ बस्ने ४९ वर्षीय खतिवडाले प्रहरी कार्यालयको तीन तल्ले प्रहरी ब्यारेकको माथिल्लो तल्लामा रहेको पानीटंकीमा जाने फलामको भर्‍याङमा झुन्डिएको अवस्थामा फेला परेका हुन्।

खतिवडा आज बिहान झुन्डिएको अवस्थामा मृत भेटिएको प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी तथा प्रहरी निरीक्षक विजय चौहानले जानकारी दिए । उनको मृत्युको कारण भने खुलेको छैन। शवको कानुनी प्रक्रिया पूरा गरि पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट