भुवनेश्वरस्थित Kalinga Institute of Industrial Technology (KIIT) विश्वविद्यालयले नेपाली विद्यार्थीलाई तत्काल विश्वविद्यालय खाली गर्न निर्देशन दिएको छ। फेब्रुअरी १७, २०२५ मा जारी गरिएको एक आधिकारिक सूचनामा विश्वविद्यालय प्रशासनले नेपाली विद्यार्थीहरूलाई तुरुन्तै क्याम्पस खाली गर्न र स्वदेश फर्कन आग्रह गरेको छ।
भारतमा नेपाली विद्यार्थीको शंकास्पद मृत्यु, शान्तिपूर्वक प्रदर्शन गर्दा प्रहरीद्वारा दमन र प्रतिबन्ध
सूचनामा भनिएको छ, “विश्वविद्यालय नेपाली अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि अनिश्चितकालका लागि बन्द गरिएको छ। तसर्थ, उनीहरूलाई आजै क्याम्पस छोड्न निर्देशन दिइएको छ।”
यस निर्णयको कारण भने खुलाइएको छैन। विश्वविद्यालय प्रशासनको यस कदमपछि ५०० भन्दा बढी नेपाली विद्यार्थीलाई विभिन्न रेल स्टेशनहरूमा पठाइएको छ, जहाँबाट उनीहरूलाई स्वदेश फर्कन भनिएको छ।
हालसम्म विश्वविद्यालय प्रशासन वा नेपाल सरकारको आधिकारिक धारणा सार्वजनिक भइसकेको छैन। प्रभावित विद्यार्थीहरू र उनीहरूका अभिभावकहरू गम्भीर चिन्तित बनेका छन्।
प्रतिक्रिया