Techie IT
Samayabaddha
शनिबार, २० असार, २०८३

बनेपाको होटलमा एक महिला मृत फेला


काभ्रे, १६ फागुन । काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा एक महिला मृत भेटिएकी छन्।

बनेपा नगरपालिका ८ मा रहेको होटल भ्यू पाहुना घरमा एक जना महिला मृत फेला परेकी हुन्।

बिहीबार साँझ उक्त होटलमा महिला मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर खड्काले जानकारी दिए। उनका अनुसार, प्रारम्भिक अनुसन्धानबाट मृत महिला रामेछाप घर भइ बनेपा–६ बस्ने २३ वर्षीया शर्मिला श्रेष्ठ हुन्। उनी बनेपाकै एक मेडिकलमा कार्यरत थिइन।

घटनाको प्रकृति हेर्दा हत्याको आशंका गरिएको प्रहरीले जनाएको छ। घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक खड्काले बताए।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट