Techie IT
Samayabaddha
शनिबार, २० असार, २०८३

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव : केही स्थानमा बदली र वर्षा


काठमाडौं । पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावका साथै स्थानीय वायुको समिश्रणले देशका केही स्थानमा बदली र वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका मौसमविद् सञ्जिव अधिकारीका अनुसार विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनुका साथै अहिले कोशी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । बाँकी प्रदेशमा मौसम सामान्यतया सफा रहेको उनले बताए ।

दुई दिनदेखि बिग्रिएको मौसम शनिबारदेखि सुधार हुँदै जानेछ । “आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भेगमा हल्का वर्षा र हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना छ”, मौसमविद् अधिकारीले भने, “शनिबारदेखि मौसम बिस्तारै सुधार हुँदै जानेछ ।”

प्रि–मनसुनी गतिविधि सक्रिय भएको जनाउँदै उनले पश्चिमी न्यूनचापीय प्रणालीको सामान्य प्रभावका साथै स्थानीय वायुको सामान्य प्रभावले बदली र केही स्थानमा वर्षा गराएको उल्लेख गरे । महाशाखाका अनुसार बिहीबार र आज काठमाडौँको आकाश सामान्यतया बदली रहेको छ ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट