Techie IT
Samayabaddha
शनिबार, २० असार, २०८३

रुपन्देही जिल्ला अदालतको आदेशविरुद्ध रवि लामिछाने उच्च अदालतमा


रुपन्देही, २६ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले रुपन्देही जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालतमा निवेदन दिएका छन् । उनले उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा निवेदन दर्ता गराएका हुन् ।

बुटवलको सुप्रिम सहकारीको बचत अपचलनसँग सम्बन्धित मुद्दामा माघ १३ मा रुपन्देही जिल्ला अदालतले लामिछानेलाई एक करोड धरौटीमा रिहा गर्ने आदेश दिएको थियो । उक्त आदेशप्रति चित्त नबुझाउँदै रवि उच्च अदालत पुगेका हुन् ।

लामिछानेले फौजदारी कार्यविधि संहिताको दफा ६८ बमोजिम धरौटी माग गरिएकोमा चित्त नबुझी सो बेरितको आदेश बदर गरी दफा ६९ बमोजिम साधारण तारेखमा बसी मुद्दा पुर्पक्ष गरी पाऊँ भन्दै दफा ७३ बमोजिम उच्च अदालतमा आज निवेदन दर्ता गराएका हुन् ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट