Techie IT
Samayabaddha
सोमबार, ४ जेठ, २०८३

फेसबुक पेजमा लाइभ गर्दै आत्मदाहको प्रयास


काठमाडौं, २८ फागुन । काठमाडौंको चन्द्रागिरिमा गएराति एकजनाले आत्मदाहको प्रयास गरेका छन्। उनको उद्धार गरी प्रहरीले अस्पताल पुर्‍याएको छ।

स्थानीय उत्तम कार्कीले गएराति साढे १२ बजेतिर फेसबुक पेजमा लाइभ गरी आफ्नो शरीरमा आगो लगाएका थिए। यो घटना थाहा पाएपछि पुगेर उनलाई उद्धार गरी कीर्तिपुरको बर्न अस्पताल पुर्‍याएको काठमाडौं प्रहरी परिसर प्रवक्ता अपिल बोहराले बताए। उनको हात र अनुहारमा जलेको छ। स्वास्थ्य अवस्था सामान्य छ।

फेसबुक लाइभमा उनले एक युवतीले आफूलाई मानसिक तनाव दिएको, उनकै कारण आफू पक्राउ परेको र पारिवारिक सम्बन्ध बिथोलिएको भन्दै अब बाँच्न नसक्ने बताएका थिए।

 


क्याटेगोरी : समाचार, साहित्य

प्रतिक्रिया


ताजा अपडेट