Techie IT
Samayabaddha
सोमबार, १ असार, २०८३

धनुषामा प्रहरीको गोली लागेर एक जना घाइते


धनुषा, ४ चैत । धनुषामा झडप हुँदा प्रहरीले चलाएको गोली लागेर  एक जना घाइते भएका छन्।

सबैला नगरपालिका–९ भठिहनस्थित चोकको नाम राख्ने विषयमा दुई समूहबीच झडप हुँदा प्रहरीको गोली लागेर स्थानीय सन्तोष यादव घाइते भएका हुन्।

झडपले ठूलो रूप लिन थालेपछि नियन्त्रण लिन गोली चलाएको मधेस प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी शान्तिराज कोइरालाले जानकारी दिए।

घाइते भएका यादवको प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।


क्याटेगोरी : पालिका, समाचार

प्रतिक्रिया


ताजा अपडेट