Techie IT
Samayabaddha
बिहीबार, १८ असार, २०८३

नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक दीपक थापालाई दर्ज्यानी चिह्न प्रदान


काठमाडौं, ५ चैत । नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी) दीपक थापालाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ।

गृह मन्त्रालयमा आयोजित समारोहमा गृह सचिव गोकर्णमणि दुवाडीले थापालाई दज्र्यानी चिह्न लगाइदिएका हुन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त महानिरीक्षक (एआईजी) थापालाई आईजीपी नियुक्त गरेको हो। थापा प्रहरीको ३१ औँ आईजीपी बन्न सफल भएका छन्।

उनीसँगै आईजीपी हुने प्रतिस्पर्धामा सुदीप गिरी र टेकबहादुर तामाङ थिए।

 


क्याटेगोरी : जनमञ्च, समाचार

प्रतिक्रिया


ताजा अपडेट