Techie IT
Samayabaddha
आईतबार, २१ असार, २०८३

भाटभटेनी सुपरमार्केटमा लुटपाट गर्ने नौ जना पक्राउ


काठमाडौं, १७ चैत । भाटभटेनी सुपरमार्केटमा शुक्रबार लुटपाट गर्ने नौ जना पक्राउ परेका छन्। दुर्गा प्रसाईको नेतृत्वमा राजावादी समूहसहितको संयुक्त आन्दोलनका क्रममा कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा तोडफोड गर्नुका साथै लुटपाट गरेर फरार भएका नौ जना पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा धनुषाको मिथिला नगरपालिका–६ ढल्केवरका आशिष सिंह, सर्लाहीको बरथहवा नगरपालिका–१६ प्रेम कुमार महतो, भारतको बिहार राज्य पटना हाजिपुरका रवि रञ्जन कुमार, नुवाकोटको विदुर नगरपालिका–६ की सुशीला कुमाल, सुनसरीको धरानकी एलिसा राई, काठमाडौं महानगरपालिका–३२ की बालकुमारी कार्की, सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका ८ की निर्मला कार्की, सिन्धुलीको तिनपाटन गाउँपालिका ७ लाम्पन्टारकी चित्र माया बस्नेत र सिन्धुलीको तिनपाटन गाउँपालिका १६ की सुस्मिता बराल रहेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई शनिबार र आइतबार पक्राउ गरेको हो। कार्यालयका प्रहरी उपरीक्षक अंगुर जिसीले पक्राउ परेकाहरू कोटेश्वरमा बस्दै आएकाहरू रहेको बताए।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट