Techie IT
Samayabaddha
शनिबार, १३ भदौ, २०८३

सहकारी संशोधन विधेयक राष्ट्रियसभाबाट बहुमतले पारित


काठमाडौं, १८ चैत । राष्ट्रियसभाबाट ‘सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८१’ बहुमतले पारित भएको छ।

सोमबार राष्ट्रिय सभाको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले प्रस्तुत गरेको प्रतिनिधिसभाको सन्देशसहित प्राप्त ‘सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८१’ बहुमतले पारित भएको हो।

त्यसअघि उक्त प्रस्तावमाथिको छलफलमा सांसदहरूले राखेको जिज्ञासाका बारेमा मन्त्री अधिकारीले जवाफ दिएका थिए।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट