Techie IT
Samayabaddha
बिहीबार, १८ असार, २०८३

हङकङ सिरिजका लागि रोहित पौडेलको कप्तानीमा १४ सदस्य टोली घोषणा


काठमाडौं, २३ चैत । हङकङ सिरिजको लागि नेपाली टिमको घोषणा भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले रोहित पौडेलको कप्तानीमा १४ सदस्य टोली घोषणा गरेको हो।

क्यानले शनिबार सार्वजनिक गरेको टिममा साहब आलम, नन्दन यादव र बसिर अहमदले राष्ट्रिय टिममा स्थान बनाएका छन्। त्यस्तै रिजन ढकाल पनि टिममा फर्किएका छन्। अप्रिल ९ देखि अप्रिल १३ सम्म हुने यस प्रतियोगितामा नेपालसहित चार टिमले भाग लिनेछन्। जसमा नेपाल, कुवेत,हङकङ र कतार रहनेछन्।

टिमको प्रमुख प्रशिक्षकको रूपमा ज्ञानेन्द्र मल्ल रहेका छन्। यस सिरिजमा ज्ञानेन्द्रले पहिलोपटक सिनियर टिमलाई प्रशिक्षण गर्नेछन्। यसअघि नेपाल ए टिमको प्रशिक्षण सम्हालेका ज्ञानेन्द्रको लागि प्रशिक्षकको रूपमा सिनियर टिमको डेब्यु हुनेछ।

हङकङ टी–२० सिरिजका लागि नेपालको टिम :

रोहित पौडेल (कप्तान) आशिष शेख (विकेटकिपर), कुशल भुर्तेल, लोकेश बम, बसिर अहमद, दिपेन्द्र सिंह ऐरी, कुशल मल्ल, ललित राजबंशी, सोमपाल कामी, करण केसी, साहब आलम,नन्दन यादव, रिजन ढकाल र गुल्सन झा।


क्याटेगोरी : खेलकुद, समाचार

प्रतिक्रिया


ताजा अपडेट