Techie IT
Samayabaddha
आईतबार, २१ असार, २०८३

शिक्षक महासंघ सरकारसँग वार्तामा नबस्ने, संसदको विशेष अधिवेसन आह्वान वा अध्यादेश जारी गर्न दिए विकल्प


काठमाडौं, २७ चैत । नेपाल शिक्षक महासंघले वार्तामा नबस्ने बताएको छ । आफ्ना मागप्रति सरकार गम्भीर नभएको भन्दै महासंघले अहिलेकै अवस्थामा वार्तामा बस्नुको औचित्य नरहेको बताएको छ ।

सरकारले मंगलबार साँझ विज्ञप्ति जारी गर्दै महासंघलाई वार्तामा आउन आग्रह गरेको थियो । विज्ञप्तिमार्फत आह्वान भएको अहिलेको वार्तामा बस्नुको कुनै औचित्य नरहेको महासंघले प्रष्ट पारेको छ ।

महासंघले वार्ताका लागि केही सर्त राखेको छ । संसद्को वर्षे अधिवेसन तत्काल सुरु गर्नुपर्ने, विशेष अधिवेसन आह्वान गर्ने वा अध्यादेश जारी गर्नेमध्ये एउटा विकल्पमार्फत विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने महासंघले जनाएको छ ।

“विगतका सहमति कार्यान्वयन गर्ने सन्दर्भमा मन्त्री परिषद्को निर्णयबाट सम्बोधन हुनसक्ने विषयमा तत्काल निर्णय लिँदै ऐन जारी गर्न माथि प्रस्तावित विकल्पबारे स्पष्टताका साथ पहल भएमा वार्ताको विश्वसनीय वातावरण निर्माण हुन्छ,” महासंघले विज्ञप्तिमा भनेको छ ।

देशभरका शिक्षक काठमाडौं आएर केही दिनदेखि काठमाडौं केन्द्रित आन्दोलन गर्दै आएका छन् । आन्दोलन बढ्दै गएपछि सरकारले वार्ताका लागि बोलाएको थियो ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट