Techie IT
Samayabaddha
आईतबार, १४ भदौ, २०८३

नक्कली प्रमाणपत्रको आरोपमा जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडका कर्मचारी प्रेमबहादुर रावलविरुद्ध मुद्दा दायर


काठमाडौं, २८ चैत । शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको आरोपमा जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड शाखा कार्यरत कैलालीका प्रमुख स्टोर सहायक तह– ५ (प्र) मा कार्यरत प्रेमबहादुर रावलविरुद्ध विशेष अदालत काठमडाौंमा मुद्दा दायर भएको छ ।

माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेश, बोर्ड अफ हाइस्कूल ऐण्ड इण्टरमिडिएट एजुकेशन युपीको हाइस्कूल परीक्षा उत्तीर्ण गरेको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी बढुवा नियुक्ति लिएको आरोपमा अख्यिार दुरुपयोग अनुसन्धान आयोगले रावलविरुद्ध बिहीबार मुद्दा दायर गरेको हो ।

अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले रावलको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली हरेको उजुरी परेपछि अख्तियारले उनीविरुद्ध छानबिन अघि बढाएको बताए ।

अनुसन्धनका क्रममा उनले पेस गरेको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको पुष्टि हुन आएकाले रावलविरुद्ध मुद्दा दायर गरिएको जानकारी प्रवक्ता पौडेलले दिए ।


क्याटेगोरी : जनमञ्च, समाचार

प्रतिक्रिया


ताजा अपडेट