Techie IT
Samayabaddha
शनिबार, १३ भदौ, २०८३

प्रतिनिधि सभा सदस्य पद रिक्त भएको जानकारी


काठमाडौं । रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य दीपक बोहराको यही चैत्र १९ निधन भएपछि उक्त पद रिक्त रहेको जानकारी गराइएको छ । संघीय संसदले बिहीबार उक्त पद रिक्त रहेको जानकारी गराएको हो ।

‘वि.सं. २०७९ सालको प्रतिनिधि सभा सदस्य निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट रुपन्देही जिल्ला क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य दिपक बोहराको मिति २०८१ साल चैत १९ गते मंगलबार निधन भएकोले नेपालको संविधानको धारा ८९ को खण्ड (च) बमोजिम प्रतिनिधि सभा सदस्यको स्थान एक रिक्त हुन आएकोले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम २१५ को उपनियम ९२० बमोजिम यो सूचना प्रकाशित गरिएको छ,’ महासचिव पद्म प्रसाद पाण्डेयद्वारा जारी सुचनामा भनिएको छ ।

488871939_1323750655592573_1071398294582705486_n (1)


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट