Techie IT
Samayabaddha
आईतबार, २१ असार, २०८३

त्रिविमा ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेट लिन अनलाइनबाटै फारम भर्न मिल्ने


काठमाडौं, २ वैशाख । त्रिभुवन विश्वविद्यालयले मंगलबारबाट ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेट लिन अनलाइनबाटै फारम भर्न मिल्ने बनाएको छ।

परीक्षा नियन्त्रक पुष्पराज जोशीले आज बिहान ११ बजेबाट ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेटका लागि अनलाइन सेवा सुरू गरिएको बताएका हुन्।

अनलाइन सेवा नहुँदा ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेटका लागि त्रिवि परीक्षा नियन्त्रण कार्यालय नै गएर फारम बुझाउनुपर्ने अवस्था थियो।

‘उक्त समस्या समाधानको लागि त्रिभुवन विश्वविद्यालयले आफ्नै पद्धति तयार गरी अनलाइन सेवा कार्यान्वयनको अवस्थामा पुगेको जानकारी गराउँदै २०८२ वैशाख २ गते प्रातः ११ः०० बजेदेखि ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेटको आवेदनको लागि अनलाइन सेवा सञ्चालन हुने जानकारी गराउँछु,’ परीक्षा नियन्त्रक जोशीले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

अन्य सेवाहरू क्रमशः लागू गर्दै लैजाने योजना अनुसार २०८२ साल जेष्ठ १५ गतेदेखि त्रिवि परीक्षा नियन्त्रण कार्यालयबाट दिइने सम्पूर्ण सेवाहरू अनलाइनबाट सञ्चालन गरिने पनि जोशीले बताएका छन्।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट