Techie IT
Samayabaddha
शनिबार, १३ भदौ, २०८३

वार्ताका लागि सिंहदरबार गएको शिक्षक महासंघ मन्त्रालय प्रवेश नगरी फर्कियो


काठमाडौं, १२ वैशाख ।शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आन्दोलनरत शिक्षकलाई वार्तामा बोलाएर सिंहदरबार प्रवेश गरेका शिक्षक महासंघका प्रतिनिधिहरु मन्त्रालय प्रवेश नगरी फर्किएका छन् ।

उनीहरु आज शुक्रबार शिक्षामन्त्रीसँग औपचारिक भेटका लागि सिंहदरबा प्रवेश गरेका थिए । आफूहरुले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट सार्वजनिक भएको २५ सदस्यीय नामावली तयार नगरेको पनि जनाएका छन् ।

नेपाल शिक्षक महासंघका केन्द्रीय अध्यक्ष लक्ष्मी किशोर सुवेदीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट सार्वजनिक भएको २५ सदस्यीय नामावली नेपाल शिक्षक महासङ्घले तयार नगरेको ब्यहोरा जानकारी गराउँछौं । आज मिति २०८२ बैशाख १२ गते नवनियुक्त माननीय मन्त्रीज्यूसँग औपचारिक भेटका लागि हामी जाने क्रममा थियौँँ तर विशेष कारणबश आज हामी मन्त्रालय प्रवेश नगरी फर्किएको कुरा जानकारी गराउँछौं ।’


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट