Techie IT
Samayabaddha
आईतबार, १४ भदौ, २०८३

तनहुँ, रामेछाप र दैलेखका सिडिओ फेरिए


काठमाडौं, १६ वेशाख । गृह मन्त्रालयले तीन वटा जिल्लाको प्रमुख जिल्ला अधिकारी (सिडिओ) हेरफेर गरेको छ।

मन्त्रीस्तरीय निर्णयअनुसार तनहुँ, रामेछाप र दैलेखका प्रमुख जिल्ला अधिकारीको सरूवा भएको हो। तनहुँमा रहेका सिडिओ सहसचिव श्यामकृष्ण अधिकारीको रामेछापमा सरूवा भएको छ। गृह मन्त्रालयमा रहेका रामकृष्ण अधिकारीलाई तनहुँमा पठाइएको छ भने मन्त्रालयमै रहेका बद्रिनाथ गैरेलाई दैलेखमा सरूवा गरिएको छ।

त्‍यस्तै बन्धुप्रसाद बास्तोला मन्त्रालयबाट विपद व्यवस्थापन प्राधिकरणमा सरूवा गरेको हो। उपसचिव नवराज जैसीको दैलेखबाट मन्त्रालयमा सरूवा भएका छन्। रामेछापमा रहेका राजुप्रसाद अर्याललाई पनि मन्त्रालयमा सरूवा गरेको हो।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट