Techie IT
Samayabaddha
आईतबार, १४ भदौ, २०८३

उदयपुरमा ट्र्याक्टरले ठक्कर दिँदा एक महिलाको मृत्यु


काठमाडौं, २३ वैशाख । उदयपुरमा ट्र्याक्टरले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ। ठक्करबाट अर्का एक युवक घाइते भएका छन्।

माखोटाङको हलेसी तुवाचुङ नगरपालिका–४ बस्ने ४० वर्षीया गीता परियार रहेकी छिन्। यस्तै सुनसरीको इटहरी महानगरपालिका-२० का २३ वर्षीय योजन राई घाइते भएका छन्। हलेसी तुवाचुङबाट बेहुली लिएर सुनसरीतर्फ फर्कदै गरेको ना३त ८१० नम्बरको ट्र्याक्टरले ठक्कर दिँदा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलटारका प्रमुख बबिन राईले जानकारी दिए।

ट्याक्टर चालक ३० वर्षीय विजय विकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घाइते राईको धरानस्थित बीपी कोइराला मेमोरियल अस्पतालमा उपचार भइरहेको छ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट