Techie IT
Samayabaddha
सोमबार, ४ जेठ, २०८३

मेरो किड्नी फेल हुनुको कारण पेन किलर हो : प्रम ओली


काठमाडौं, २५ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो मिर्गौला फेल हुनुको कारण पेन किलर रहेको बताएका छन् ।
आज काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले पेन किलर (दुखाइ कम गर्ने औषधि) सेवन गर्दा मिर्गौला फेल भएको बताएका हुन् ।

तागतिलो खाना र औषधि अभावका कारण क्षयरोग र अल्सर भएपछि स्वास्थ्य बिग्रिँदै गएको उनले बताए ।

‘मलाई टिबरक्लोसिस (क्षयरोग) लाग्यो । अल्सर भयो, दुखेर असैह्य हुन्छ । पेटभरी घाउ भएर, भतभत पोल्छ । रगत आउँछ घाउबाट, अनि पेन किलर दिन्छ । पेन किलर खाँदाखाँदा किड्नी फेल नभएर के हुन्छ ?’ उनले निष्कर्ष सुनाए, ‘मेरो किड्नी फेल हुनुको कारण पेन किलर हो ।’

एमाले अध्यक्ष समेत रहेका ओलीको मिर्गौला फेल भएपछि दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरिएको छ ।


क्याटेगोरी : समाचार, स्वास्थ्य/जीवन शैली

प्रतिक्रिया


ताजा अपडेट