Techie IT
Samayabaddha
बुधबार, १४ असोज, २०८३

आतंकवादविरुद्ध भारतीय दुतावास अगाडि प्रदर्शन


काठमाडौँ, २६ वैशाख । मानवअधिकार तथा शान्ति समाजले आतंकवादविरुद्ध प्रदर्शन गरेको छ।

शुक्रवार काठमाडौँस्थित भारतीय दूतावास अगाडि प्रदर्शन गरिएको हो।

उनीहरूले शान्तिको कुनै विकल्प हुँदैन, युद्धमा कसैले पनि जित्दैनन्, पराजित केवल मानवता हुने गर्छ, आतंकवाद सदैव निन्दनीय छ र सिन्धु जल सम्झौता निलम्बन गर्नु कति मानवीय छ ? भारत संसारको सबैभन्दा ठूलो लोकतन्त्र, नेपालको लोकतन्त्रविरुद्ध पनि कतैबाट षड्यन्त्र नहोस्, भारत र नेपालबीच नागरिस्तरको प्रगाढ सम्बन्ध गर्वको विषय हो, अतिवाद र आतंकवादबाट पीडित पाकिस्तान स्वयंले आतंकवादलाई अँगालो किन हालेको ? अतिवाद र आतंकवाद मानवताका शत्रु हुन्, आतंकवाद सदैव निन्दनीय छ लगायतका प्लाकार्ड बोकेर प्रदर्शन गरेका हुन्।


क्याटेगोरी : जनमञ्च, समाचार

प्रतिक्रिया


ताजा अपडेट