Techie IT
Samayabaddha
आईतबार, ३१ साउन, २०८३

डिपेन्डेन्ट भिसामा क्यानाडा लैजाने भन्दै ठगी गरेको अभियोगमा दोलखाकी सुजिता अधिकारी पक्राउ


काठमाडौँ, २६  वैशाख । डिपेन्डेन्ट भिसामा क्यानाडा लैजाने भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुर मध्यपुर थिमी नगरपालिका–३ गठ्ठाघर बस्ने दोलखा वैतेश्वर गाउँपालिका–८ घर भएकी २७ वर्षीया सुजिता अधिकारी रहेका छन् ।

सुजिताले आफूले अध्ययन गर्न क्यानाडाको भिसा प्राप्त गरेको र आफूसँगै डिपेन्डेन्ट भिसामा लैजाने प्रलोभन देखाई पीडितसँग २० लाख रुपियाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौँ महानगरपालिका–१२ टेकुबाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको छ ।


क्याटेगोरी : जनमञ्च, समाचार

प्रतिक्रिया


ताजा अपडेट