Techie IT
Samayabaddha
आईतबार, १४ भदौ, २०८३

रसुवामा बरामद भएको सुन ७ केजी ६५३ ग्राम भएको पुष्टि


काठमाडौं । रसुवाबाट काठमाडौं ल्याउँदै गरेको अवस्थामा प्रहरीले बरामद गरेको सुनको तौल ७ केजी ६५३ ग्राम ग्राम भएको पुष्टि भएको छ ।

सुन यकिन गर्नको लागी परिक्षण गर्ने काम बाँकी रहेको बागमति प्रदेशका डीआईजी अरुण पौडेलले बताए । उनले भने, ‘सुन यकिन गर्नको लागी परिक्षण गर्न पठाउँछौं, अहिले परिक्षण गरिएको अवस्था छैन् ।’

स्याउको डिब्बामा चालक सिटको ढोकामा फल्स बटम बनाएर ल्याउँदै गरेको अवस्थामा प्रहरीले गोसाइकुण्ड गाउँपालिका वडा नम्बर २ बाट सो सुन बरामद गरेको हो ।

डिब्बा चालक गोसाइकुण्ड गाउँपालिका वडा नम्बर ५ घर भएका किशोर कुमार भुजेललाई प्रहरीले पक्राउ गरेको छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट