Techie IT
Samayabaddha
सोमबार, ४ जेठ, २०८३

राष्ट्र बैंकको १८ औं गभर्नरमा विश्वनाथ पौडेल नियुक्त


काठमाडौं । नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा विश्वनाथ पौडेल नियुक्त भएका छन् ।मन्त्रिपरिषद् बैठकको संक्षित जानकारी दिंदै सरकारका प्रवक्ता एवं सूचना तथा संचार मन्त्रि पृथ्वी सुब्बा गुरुङले अर्थमन्त्री विष्णु पौडेलको नेतृत्वमा रहेको गर्भनर सिफारिस समितिले सिफारिस गरेका तीन जना मध्येबाट डा. विश्वनाथ पौडेललाई गर्भनर नियुक्त गरिएको बताए ।

मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले गभर्नरमा प्रा.डा विश्वनाथ पौडेललाई नियुक्त गरेपछि राष्ट्र बैंकमा लामो समयदेखि देखिएको गभर्नर अन्यौल पनि रोकिएको छ । गभर्नरको विषयलाई लिएर चुलिएको भनिएको सत्ता संकट पनि टरेको छ ।

 


क्याटेगोरी : अर्थ, समाचार

प्रतिक्रिया


ताजा अपडेट