Techie IT
Samayabaddha
सोमबार, ४ जेठ, २०८३

आज श्रावण शुक्ल पञ्चमी घरघरमा नाग टाँसेर मनाइयो


काठमाडौँ । घरघरमा नाग टाँसेर आज नागपञ्चमी पर्व मनाइएको छ।

नागपञ्चमीमा घरको मूल ढोकामाथि नागको तस्बिर टाँसेमा नाग, सर्प, बिच्छीजस्ता जीवबाट वर्षभरि दुःख नपाइने धार्मिक विश्वास छ।

आज काठमाडौँको नागपोखरी र टौदह, भक्तपुरको सिद्धपोखरीलगायत देशका नागदह, नागकुण्ड र नागस्थानहरूमा नागको पूजाआराधना गरी मेला लागेको थियो।

पशुपतिनाथ मन्दिर परिसरमा रहेको वासुकी मन्दिरमा पनि विशेष पूजा गरिएको थियो।

नाग पूजा गरेपछि खेतबारीमा खनजोत नगरी किसानहरु आराम गर्ने गर्दछन्। आज खनजोत गरेमा नाग मारिन्छन् भन्ने ठानेर त्यसो गरिएको हो।

नेपालका महत्वपूर्ण चाडबाँडहरु नाग पञ्चिमीपछि शुरु हुन्छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट