Techie IT
Samayabaddha
शुक्रबार, १९ असार, २०८३

कमलामाई नगरपालिकामा महेश्वर दाहालको चुनावी अभियान कार्यालय सञ्चालनमा


सिन्धुली । कमलामाई नगरपालिकामा महेश्वर दाहालको चुनावी अभियानको सम्पर्क कार्यालय धुराबजारमा सञ्चालनमा आएको छ। आगामी निर्वाचनलाई लक्षित गर्दै संगठन विस्तार, मतदाता समन्वय तथा प्रचार–प्रसारलाई तीव्र बनाउने उद्देश्यले कार्यालय स्थापना गरिएको हो।

सम्पर्क कार्यालयमार्फत स्थानीय समस्या पहिचान, मतदाताबाट सुझाव संकलन तथा चुनावी गतिविधिलाई व्यवस्थित रूपमा सञ्चालन गर्ने लक्ष्य रहेको जनाइएको छ। कार्यालय सञ्चालनमा आएसँगै कमलामाई नगरपालिकामा चुनावी माहोल थप सक्रिय बन्दै जाने अपेक्षा गरिएको छ।

त्यस्तै, महेश्वर दाहालले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा सिन्धुलीबाट स्वतन्त्र उम्मेदवारका रूपमा उम्मेदवारी दिएका छन्। उनको चुनाव चिन्ह ‘मुढा’ रहेको छ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट