रौतहटको गौरमा लगाइएको कर्फ्यु हट्यो
काठमाडौं । रौतहटको सदरमुकाम गौरमा लगाइएको कर्फ्यु हटेको छ । नागरिक समाजको अगुवाइमा गौर(६ सबगढामा शान्ति सद्भाव र्याली निकालिएसँगै जिल्ला प्रशासन कार्यालयले कर्फ्यु आदेश हटाएको हो ।
कर्फ्यु हटेलगत्तै गौरको जनजीवन समान्य बनेको छ । बिहेको बाजालाई लिएर भएको झडपले उग्र रूप लिएपछि प्रशासनले शनिबारदेखि गौरमा कर्फ्यु आदेश जारी गरेको थियो । झडपको सुरुवात भएको क्षेत्रमा सद्भाव र्याली निकालेसँगै सोमबार बिहानदेखि कर्फ्यु हटाइएको हो ।
सबगढाको मुख्य सडकबाट सुरु भएको र्यालीले सबगढा गाउँ परिक्रमा गरेको थियो । गाउँमा शान्ति कायम राख्न नागरिक समाजका अगुवासहित राजनीतिक दलका प्रतिनिधि, स्थानीय तथा प्रशासनसहितको र्याली निकालिएको छ ।
केही दिनदेखि अशान्त बनेको गौर र सबगढा क्षेत्र अहिले शान्त भएको छ । बिहेमा चर्को साउन्डमा बाजा बजाएको निहुँमा शुक्रबार दुई समुदायबीचको विवाद चर्किएपछि स्थितिलाई नियन्त्रणमा लिन कर्फ्यु जारी गरिएको थियो । दुवै पक्षबीच आइतबार जिल्ला प्रशासन कार्यालयमा सद्भाव कायम राख्ने सहमति भएपछि र्याली निकालिएको हो ।
क्याटेगोरी : समाचार



















प्रतिक्रिया