Techie IT
Samayabaddha
मंगलबार, २ मंसीर, २०८२

मधेस सरकारको नेतृत्व परिवर्तन हुन्छ : माधव नेपाल


पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले देशको बदलिँदो राजनीति परिस्थितिका कारण मधेस प्रदेश  सरकारको नेतृत्व परिवर्तन हुने बताएका छन्।

आज जनकपुरधाममा पत्रकारहरूसँग संक्षिप्त कुरा गर्दै उनले संघीय सरकारको स्वरुपमा भएको परिवर्तनअनुसार मधेस प्रदेशमा पनि सरकार परिवर्तन हुने दाबी गरेका हुन्।

मुलुक संघीय संरचनामा रहेकाले केन्द्रीय संरचनाअनुसार नै प्रदेश सरकारको संरचना बाध्य भएर बनाउनुपरेको नेता नेपालको भनाइ छ।

‘प्रधानमन्त्री पुप्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत प्राप्त गरिसक्नुभएको छ, अब मधेस प्रदेशको सरकार पनि परिवर्तन हुन्छ, ’, अध्यक्ष नेपालले भने।

फरक प्रसंगमा उनले मुलुकको  समृद्धिका लागि वर्तमान सरकारले काम गरिरहेको दाबी गरे।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट