Techie IT
Samayabaddha
शनिबार, २२ कात्तिक, २०८२

विश्वासको मत सार्ने मुख्यमन्त्रीको प्रस्ताव सभामुखद्वारा अस्वीकार


मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिने कार्यक्रम सार्न गरेको प्रस्ताव सभामुखले अस्वीकार गरेका छन्।

मुख्यमन्त्री यादवले मधेस प्रदेश सभामा विश्वासको मत लिने गरी बुधबारको समय माग गरेका थिए। सोहीअनुसार प्रदेश सभाले कार्यसूची प्रकाशित गरेको थियो।

तर यादवले बुधबार दिउँसो १ बजे मात्र विश्वासको मत लिने मिति २८ गते सार्न प्रस्तावसहित पत्र प्रदेश सभामा दिए।

सभामुख रामचन्द्र मण्डलले २४ घण्टाअगावै जानकारी दिनुपर्ने भन्दै मिति सार्न नसकिने जवाफ दिए। त्यसपछि ढिलो गरी ५ बजे बसेको प्रदेश सभा बैठकमा विश्वासको मत लिने कार्यसूची राखिएको छ।

तर, प्रदेश सभामा सरकार पक्षका कोही पनि मन्त्री उपस्थित नभएपछि बैठक स्थगित गर्न सांसदहरूले माग गरे।

त्यसपछि सभामुख मण्डलले प्रदेश सभाको बैठक १० मिनेटका लागि स्थगित गरेका छन्।

यदि मुख्यमन्त्री यादवले विश्वासको मत नपाए उनको सरकार ढल्नेछ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट