Techie IT
Samayabaddha
मंगलबार, २७ माघ, २०८२

माओवादीले फणिन्द्र देवकोटामाथि कारवाही गर्ने


दलको ह्वीप उल्लंघन गरेको भन्दै नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेशका सांसद फणिन्द्र देवकोटालाई कारवाही प्रक्रिया थालेको छ। माओवादी केन्द्र गण्डकी प्रदेशका संसदीय दलका नेता हरिबहादुर चुमानले दलको बैठक बसेर कारवाहीको निर्णय गर्ने जानकारी दिए।

‘दलले जारी गरेको ह्वीप उल्लंघन गरेकोले उहाँलाई कारवाही गर्ने प्रक्रिया अघि बढिसकेको छ,’ चुमानले भने, ‘आज सुरु भयो अब सबै प्रक्रिया पूरा गरेर हामी संसद सचिवालयलाई जानकारी गराउँछौंँ।’

सोमबार गण्डकी प्रदेश सभाको बैठकमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत मागेका थिए। माओवादीले मुख्यमन्त्रीलाई विश्वासको मत नदिन आफ्ना सांसदलाई ह्वीप लगाएको थियो।

तर, माओवादीको चुनाव चिन्ह लिएर गोरखा– २ (१) बाट प्रदेश सभा निर्वाचित देवकोटाले दलको ह्वीप उल्लंघन गर्दै मुख्यमन्त्री पाण्डेलाई मत दिएका थिए। उनको निर्णायक मत पाएपछि पाण्डेले ६१ सदस्यीय प्रदेश सभामा ३१ सांसदको समर्थन जुटाएर विश्वासको मत पाएका छन्।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट