Techie IT
Samayabaddha
बुधबार, ६ जेठ, २०८३

एमाले काठमाडौँको अध्यक्षमा दीपक निरौला निर्वाचित


नेकपा एमाले काठमाडौँको अध्यक्षमा पुनः दीपक निरौला निर्वाचित भएका छन्।

अध्यक्षका अर्का प्रत्यासी निर्मल देउलालाई पराजित गर्दै निरौला दोस्रो कार्यकालको लागि अध्यक्षमा विजयी भएका हुन्।

निरौलाले तीन सय ७० मत प्राप्त गर्दा देउलाले एक सय ९१ मत प्राप्त गरेका निर्वाचन समितिले जनाएको छ।

त्यसैगरी उपाध्यक्षमा विश्वराम सापकोटा, सचिवमा राजेश शाक्य र उपसचिव (खुला) मा उद्धव भण्डारी निर्वाचित हुँदा महिला उपसचिवमा विन्दु महर्जन सर्वसम्मत निर्वाचित भएकी छन्।

जेठ २६ गतेदेखि सुरु भएको एमाले काठमाडौँको महाधिवेशनमा दुई सय २५ पदमध्ये एक सय ३० पदमा निर्विरोध निर्वाचित चयन भएको थियो।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट