Techie IT
Samayabaddha
मंगलबार, २७ माघ, २०८२

जनता समाजवादी पार्टीले प्रधानमन्त्री दाहाललाई विश्वासको मत नदिने


अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले सरकारलाई विश्वासको मत नदिने भएको छ।

प्रतिनिधि सभाको शुक्रबार बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वास मतको प्रस्ताव पेस गर्दैछन्।

बिहीबार बसेको जनता समाजवादी पार्टी संसदीय दल बैठकले प्रधानमन्त्री दाहालले राख्ने विश्वास मत प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गरेको सांसद प्रदीप यादवले जानकारी दिए।

जसपाले नेपाली कांग्रेस र एमालेबीच भएको सहमतिअनुसार अब बन्ने राष्ट्रिय सहमतिको सरकार निर्माणमा सहयोग गर्ने र सहकार्य गर्ने निर्णय पनि गरेको उनले बताए।

जनता समाजवादीबाट दाहाल सरकारमा स्वास्थ्य मन्त्री र राज्यमन्त्री तथा वन मन्त्री थिए। उनीहरूले पदबाट राजीनामा दिएका थिए भने पार्टीले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको थियो।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट