Techie IT
Samayabaddha
मंगलबार, ८ वैशाख, २०८३

प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यसूची


संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक आज बिहान ११ बजे बस्ने संसद् सचिवालयले जनाएको छ ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिने कार्यसूची छ ।

“प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम प्रतिनिधिसभाबाट विश्वास प्राप्त गर्न प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १५५ बमोजिम प्रस्ताव पेस गर्नुहुनेछ,” संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा उल्लेख छ, “उक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिनेछ ।”


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट