Techie IT
Samayabaddha
शनिबार, ३० साउन, २०८३

माओवादीले बोलायो केन्द्रीय समिति बैठक


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक पुस २ गते बस्ने निर्णय भएको छ।

सोमबार माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा बसेको पदाधिकारी बैठकले केन्द्रीय समिति बैठक पुस २ गते बोलाउने निर्णय गरेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए।

त्यस्तै बैठकले मंसिर १६ गते हुन लागेको उपचुनावका लागि नेताहरुको कार्यविभाजन गरेको छ।

प्रतिनिधि सभामा प्रमुख प्रतिपक्ष दल रहेको मोवादी केन्द्रले आगामी मंसिर मसान्तसम्म पालिका सम्मेलन सकेर सरकारविरुद्ध खबरदारी सभा आयोजना गर्नेसमेत निर्णय बैठकले गरेको प्रवक्ता सापकोटाले जानकारी दिएका छन्।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट