Techie IT
Samayabaddha
आईतबार, २१ असार, २०८३

कैलाली जिल्ला समन्वय समितिको प्रमुखमा कांग्रेसकी टीकाकुमारी चौधरी भुल निर्विरोध निर्वाचित


कैलाली, ५ मंसिर । कैलाली जिल्ला समन्वय समितिको प्रमुखमा नेपाली कांग्रेसकी टीकाकुमारी चौधरी भुल निर्विरोध निर्वाचित भएकी छिन् । प्रमुखमा उम्मेदवारी दर्ता गराएकी नागरिक उन्मुक्ति पार्टीकी रुपमति डंगौरा थारुले उम्मेदवारी फिर्ता लिएपछि उनी निर्विरोध निर्वाचित भएकी हुन् ।

आइतबार नेपाली काँग्रेसबाट कैलारी गाउँपालिका–२ का सदस्य टीकाकुमारी र नागरिक उन्मुक्ति पार्टीबाट टीकापुर नगरपालिकाकी वडा सदस्य रुपमतीले उम्मेदवारी दर्ता गराएका थिए ।

बुधबार नागरिक उन्मुक्ति पार्टीका नेता लक्ष्मणकिशोर चौधरी, टीकापुर नगर प्रमुख रामलाल डङ्गौरा थारु, नेपाली काँग्रेस कैलाली सभापति नारायणदत्त भट्टलगायतका नेताको उपस्थितिमा रुपमतिले उम्मेदवारी फिर्ता लिएको काँग्रेसका जिल्ला सचिव केशव मिश्रले जानकारी दिए ।

कांग्रेसले दलित र आदिवासीको प्रतिनिधित्व हुनेगरी जिसस प्रमुखमा टीकाकुमारीलाई उम्मेदवार बनाएको थियो । निर्विरोध निर्वाचित भएपछि भुलले जिल्लाका स्थानीय तहसँग समन्वय गरेर अघि बढ्ने बताए ।


क्याटेगोरी : पालिका, प्रदेश खबर, राजनीति

प्रतिक्रिया


ताजा अपडेट