Techie IT
Samayabaddha
बिहीबार, २५ असार, २०८३

कांग्रेस–एमालेको अप्राकृतिक गठबन्धन अब चल्दैन : प्रचण्ड


काठमाडौं, २६ पुस । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डु ले नेपाली कांग्रेस र नेकपा (एमाले) को गठबन्धन अप्राकृतिक रहेको भन्दै अब नचल्ने बताएका छन्।

सिंहदरबारमा शुक्रबार नेकपा (एकीकृत समाजवादीं) का अध्यक्ष माधवकुमार नेपालसँग छलफलपछि पत्रकारहरूको प्रश्नमा जबाफ दिँदै प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका प्रचण्डले भने, ‘यो गठबन्धन अप्राकृतिक, अलोकतान्त्रिक र अपारदर्शी छ भन्ने कुरा मैले गम्भीर रूपले संसदमै र बाहिर पनि भनेको तपाईंहरूले सुन्नुभएकै छ। अप्राकृतिक ढंगले अब यो चल्दैन।’

साथै अध्यक्ष दाहालले समाजवादी मोर्चालाई सक्रिय बनाउनेबारे बिहीबार र शुक्रबार छलफल गरिएको बताए। समाजवादी मोर्चाको बैठक माघ २ गते बस्ने पनि अध्यक्ष दाहालको भनाइ छ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट