Techie IT
Samayabaddha
शनिबार, २० असार, २०८३

संसद अधिवेशन चाँडै सुरू हुन्छ : सभामुख घिमिरे


काठमाडौं, २७ पुस । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संसद अधिवेशन चाँडै सुरू हुने बताएका छन्।

शनिबार पृथ्वी नारायण शाहको जन्मजयन्तीको अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले काठमाडौंमा आयोजना गरेको चियापान समारोहमा बोल्दै सभामुख घिमिरेले संसद चाँडै सुरू हुने बताएका हुन्।

‘सदन खुल्ने बेला भएको छ। अब चाँडै सुरू हुन्छ,’ उनले भने। गत भदौ ३१ गते संसदको बर्खे अधिवेशन अन्त्य भएको थियो। चार महिना बित्न लागिसक्दा पनि सरकारले संसद अधिवेशन बोलाउने निर्णय गरेको छैन।

संसद अधिवेशन सुरू नहुँदा सरकारले अध्यादेशमार्फत विभिन्न कानुनहरू संशोधन गरेको छ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट