Techie IT
Samayabaddha
आईतबार, २१ असार, २०८३

माओवादी केन्द्रका कारण कर्णाली प्रदेश सभा बैठक अवरुद्ध


सुर्खेत, १३ माघ । कर्णाली प्रदेश सभामा नेकपा (माओवादी केन्द्र) संसदीय दलले आइतबारको बैठक अवरूद्ध गरेको छ।

आइतबारको प्रदेश सभाको दोस्रो कार्यकालको पाँचौं अधिवेशनको पाँचौं बैठकमा माओवादी केन्द्रले आपत्ति जनाएर अवरोध गरेको हो।

संसदीय दलका नेता राजकुमार शर्माले आफू नेतृत्वमा हुँदा कर्णाली समृद्धिको परियोजनाअन्तर्गत १० हजार जनालाई रोजगारी दिने लक्ष्यसहित अघि सारिएको कार्यक्रममा सरकारले वास्ता नगरेको भन्दै आपत्ति जनाएका हुन्। व्यक्तिगत र दलगत रूपमा समझदारी गरिएको उक्त विषयलाई सरकारले वर्तमान सरकारले बेवास्ता गरेको उनले बताए।

‘कर्णालीका भोका नागरिकलाई राजेगारी दिने लक्ष्य अनुसार वार्षिक दश हजारलाई राजगारी दिने गरी अघि सारिएको कार्यक्रममा भएको बजेटलाई सरकारले अन्यत्र घुमाएको छ,’ उनले भने।


क्याटेगोरी : प्रदेश खबर, राजनीति

प्रतिक्रिया


ताजा अपडेट