Techie IT
Samayabaddha
बिहीबार, २५ असार, २०८३

संसद बैठक बहिस्कार गरेर रास्वपाका सांसद बाहिरिए


काठमाडौं, १८ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद संसद बैठक बहिस्कार गरेर बाहिरिएका छन् ।

लामो समयसम्म पनि उभिएरै उनीहरुले बिरोध जनाउँदा पनि सभामुखले बोल्ने मौका नदिएपछि उनीहरु बैठक बहिस्कार गरेर बाहिरिएका हुन् ।

रास्वपाले आकस्मिक समयमा पार्टी सभापतिसमेत रहेका निलम्बित सांसद रवि लामिछानेको पद फुकुवा हुनुपर्नेलगायतका विषय उठाउने तयारी गरेको थियो। यसबारे रास्वपाको तर्फबाट सांसद सोविता गौतमले बोल्ने निर्णय पनि यसअघि नै रास्वपाले गरिसकेको थियो।

सभामुखले रास्वपाका सांसदलाई आकस्मिक समयमा बोल्न नदिने बताइरहँदा नेकपा एमाले र नेपाली कांग्रेसका सांसदहरूले भने ताली बजाइरहेका थिए।  सभामुखले कार्यव्यवस्था समितिको बैठकमा पनि यसबारे जानकारी नगराएको भन्दै आपत्ति पनि जनाए।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट