Techie IT
Samayabaddha
बिहीबार, २५ असार, २०८३

सरकारले थ्रुपै विकास निर्माणका कामहरुको उपलब्धी हासिल गरेको छ : प्रम ओली


काठमाडौं, १८ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले यो सरकारको सुरुदेखि नै सबैभन्दा पहिलो प्राथमिकता थालेको काम सक्ने बताएका छन् ।

उनले प्रतिनिधिसभामा सम्बोधन गर्दै आफूले प्रधानमन्त्री भएपछि संसद्बाट विश्वासको मत लिने क्रममा भनेको कुरा पूरा गरेको दाबी गरे । प्रधानमन्त्री ओलीले यो सरकारले थ्रुपै विकास निर्माणका कामहरुको उपलब्धी हासिल गरेको बताए ।

उनले भने,‘ मैले भनेको थिए– यो सरकारको सबैभन्दा पहिलो प्राथमिकता थालेको काम सक्ने हो । थालेका कामहरुलाई हामीले कहाँ पुर्‍याउँदै छौं भनेर यो सदनलाई भन्ने छु ।’

उनले आफनो कार्यकालभित्रै सिद्धबाबा सुरुङमार्ग ब्रेक–थ्रु भएको, काठमाडौं–तराई द्रूत मार्ग अन्तर्गत मकवानपुरको धेद्रे सुरुङ पनि ब्रेक थ्रु भएको उल्लेख गरे ।

साथै विकास निर्माणका काममा ‘ब्रेक–थु’ मात्र होइन ‘ब्रेक’ लगाएर राखिएका कतिपय कामलाई पनि आफू आएपछि ‘थ्रु’ गरेको बताए ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट