Techie IT
Samayabaddha
बिहीबार, २५ असार, २०८३

जसपा नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठक आज


काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्ने भएको छ । माघ १९ र २० गतेका लागि बोलाइएको बैठक पार्टीको केन्द्रीय कार्यालय बालकुमारीमा आज बिहान ११ बजेदेखि सुरु हुने पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।

उनका अनुसार बैठकमा जनतासँग जसपा नेपाल, आधारभूत सङ्गठन निर्माण अभियानको समीक्षा, वर्तमान राजनीतिक परिस्थिति र पार्टीको सङ्गठनात्मक कार्ययोजनालगायतका एजेन्डामा छलफल हुनेछ ।

पार्टीका पदाधिकारी तथा सदस्यहरूलाई आ–आफ्नो जिम्मेवारी र कार्यक्षेत्रअन्तर्गत भए गरेका कार्य प्रगति विवरणको लिखित प्रतिवेदनसहित बैठकमा अनिवार्य उपस्थित हुन भनिएको छ ।

 


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट