Techie IT
Samayabaddha
शुक्रबार, २६ असार, २०८३

संसदमा दर्ता भएका ६ मध्ये पाँच वटा अध्यादेश स्वीकार गर्ने जसपाको निर्णय


काठमाडौं, २९ माघ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीले सरकारले संसदमा दर्ता गरेका ६ मध्ये पाँच वटा अध्यादेश स्वीकार गर्ने निर्णय गरेको छ। जसपा नेपालको मंगलबार सिंहदरबारमा बसेको संसदीय दल बैठकले पाँच वटा अध्यादेशलाई स्वीकार गर्न सहयोग गर्ने निर्णय गरेको हो ।

तर भूमिसम्बन्धी अध्यादेशमा भने प्रतिनिधि सभा र राष्ट्रिय सभामै अस्वीकारको पक्षमा उभिने जसपा नेपालको निर्णय छ। जसपा नेपालका सांसद प्रकाश अधिकारीले भूमिबाहेक अध्यादेश स्वीकार गर्ने निर्णय भएको बताए ।

सरकारले माघ १८ गते प्रतिनिधि सभा र राष्ट्रिय सभामा ६ वटा अध्यादेश दर्ता गरे पनि अहिलेसम्म निर्णयार्थ पेस गरेको छैन।

प्रतिनिधि सभामा कांग्रेस(एमालेको मात्रै पनि बहुमत पुग्ने तर राष्ट्रिय सभामा कांग्रेस(एमाले(लोसपासमेत हुँदा पनि बहुमत नपुग्ने भएपछि जसपा नेपाल निर्णायक थियो। राष्ट्रिय सभामा जसपा नेपालका ३ सांसद छन्।

 


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट