Techie IT
Samayabaddha
शुक्रबार, २६ असार, २०८३

सरकारले विद्युत महशुल तिर्नेहरुको लाइन काट्न निर्देशन दिएको देवेन्द्र पौडेलको आरोप


काठमाडौं, १२ फागुन । नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले सरकारले विद्युत महशुल नतिर्नेहरुको नभई तिर्नेहरुको लाइन काट्न निर्देशन दिएको आरोप लगाएका छन्। प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन्।

उनले ऊर्जामन्त्रीको आलोचना गरेकै कारण दुधकोशी जलविद्युत आयोजनाका सिईओ विमल गुरुङमाथि कारबाही गरिएको बताए। उनले कुलमान घिसिङलाई हटाउने भनेर हल्ला गर्ने गरेको उल्लेख गर्दै उज्यालो नेपाल बनाएर कुलमानले के गल्ती गरे ? भन्दै प्रश्न गरे।

उनले भने, ‘काहीँ नभएको जात्रा हाँडी गाउँमा भन्ने उखानजस्तै ऊर्जा मन्त्रालयमा के भइरहेको छ सम्माननीय सभामुखज्यू ? दुधकोशी जलविद्यतुको सिइओ विमल गुरुङलाई कारबाही गरिएको हो कि के हो ? कुलमान घिसिङलाई बेलुका हटाइन्छ, बेलुका हटाइन्छ, भोलि हटाइन्छ भनेर हल्ला गरेको सुनिएको छ। कुलमानले उज्यालो नेपाल बनाएर के गल्ती गरे ? घाटामा गएको प्राधिकरणलाई नाफामा ल्याएर के गल्ती गरे कुलमानले ?’

उनले कुलमान घिसिङले घाटामा गएको विद्युत प्राधिकरण नाफामा ल्याएको जिकिर गरे।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट