Techie IT
Samayabaddha
शुक्रबार, २६ असार, २०८३

देउवाले गरे कांग्रेसको विज्ञान तथा सूचना प्रविधि विभागमा दस सदस्य मनोनयन


काठमाडौं, ११ चैत । नेपाली कांग्रेसले विज्ञान तथा सूचना प्रविधि विभागमा सदस्य मनोनयन गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाले १० सदस्य मनोनयन गरेका हुन् ।

सभापति देउवाले विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम सदस्य मनोनयन गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए । विभागमा पार्टीका केन्द्रीय सदस्य सुशीला मिश्र भट्ट प्रमुख छिन् ।

मनोनीत सदस्यहरुमा ई. उज्ज्वल कोइराला ताप्लेजुङ, ई. प्रेमचन्द्र राय महोत्तरी, विजया श्रेष्ठ के.सी. ललितपुर, प्रा. मोहनजंग शाह बाँके, डा. निरञ्जन कोइराला कास्की, कुमार लामिछाने बर्दिया, रमा के.सी. सुर्खेत, प्रेमलाल चौधरी कैलाली, शेरबहादुर सार्की बाजुरा र दिलीप कार्की कञ्चनपुर रहेका छन् ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट