Techie IT
Samayabaddha
आईतबार, ११ असोज, २०८३

पूर्वराजा ज्ञानेन्द्र शाह र दुर्गा प्रसाईँबीच निर्मल निवासमा भेटवार्ता


काठमाडौँ, १४ चैत । पूर्वराजा ज्ञानेन्द्र शाह र दुर्गा प्रसाईँबीच निर्मल निवासमा भेटवार्ता भएको छ । संघस्य लोकतान्त्रिक गणतन्त्र व्यवस्था विरोधी समूहलाई साथ दिँदै आएका दुर्गा प्रसाईंले बिहीबार पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेटेका हुन् ।

उनले ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’को पत्रकार सम्मेलनअघि निर्मल निवासमा पुगेर पूर्वराजालाई भेटेका हुन् । भेटका क्रममा के कुरा भयो भन्नेबारे खुलेको छैन । यद्यपि राजावादीको आन्दोलनकै विषयमा कुराकानी भएको ठानिएको छ ।

पत्रकार सम्मेलनमा उनलाई समितिको ‘जनकमाण्डर’को जिम्मा दिइएको जानकारी गराइयो ।

यस्तै समितिलाई सुझाव तथा सल्लाह प्रदान गर्नका लागि नेपाल डा जगमान गुरुङको संयोजकत्ववमा सल्लाहकार समिति गठन भएको जानकारी दिइयो भने राप्रपाका सांसद डा धवल शमशेर राणा संयोजक रहको ‘आन्दोलन परिचालन समिति’मा देशभरीबाट एक हजार एक सय ११ जना सदस्य चयन गरेको जानकारी दिइयो । उक्त समिति अझै विस्तार गर्न सकिने सुवेदीले बताए ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट