Techie IT
Samayabaddha
बुधबार, ३१ असार, २०८३

प्रतिनिधिसभा सदस्य दीपक बोहराको पद रिक्त


काठमाडौं, २९ चैत । प्रतिनिधिसभाले रूपन्देही निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्य दीपक बोहराको यही चैत १९ गते निधन भएपछि उक्त पद रिक्त रहेको जानकारी गराएको छ ।

संघीय संसद् सचिवालयले नेपालको संविधानको धारा ८९ को खण्ड (च) बमोजिम प्रतिनिधिसभा सदस्यको स्थान एक रिक्त हुन आएकाले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम २१५ को उपनियम (२) बमोजिम बिहीबार सूचना प्रकाशन गरी उक्त पद रिक्त रहेको जानकारी गराएको हो ।

विसं २०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट रूपन्देही जिल्ला क्षेत्र नं ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य बोहराको यही चैत १९ गते मंगलबार निधन भएको थियो ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट