पेस्तोल पड्काएर नाच्ने जसपा नेत्री बबीसिंह यादवमाथि प्रहरीले थाल्यो अनुसन्धान

काठमाडौं, १८ वैशाख । जनता समाजवादी पार्टी (जसपा), नेपालकी नेत्री डा. बबीसिंह यादवले पेस्तोल पड्काउँदै नाचेको भिडियोका बारेमा प्रहरीले सोधपुछ गर्ने भएको छ ।
बुधबार (वैशाख १८) सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक भिडियोमा यादवले नाच्दै गर्दा आकाशतर्फ ताक्दै पेस्तोल पड्काएको देखिन्छ । उक्त भिडियो ‘भाइरल’ भएपछि प्रहरीले चासो देखाएको हो ।
पेस्तोल पड्काएको विषयमा सोधपुछका निम्ति यादवलाई जिल्ला प्रहरी कार्यालय सप्तरीमा बोलाइएको छ । यादव सप्तरीको बोदे बरसाइन नगरपालिका–५ की बासिन्दा हुन् ।
सप्तरीका प्रहरी प्रमुख एवं एसपी ढकेन्द्र खतिवडाले यादवलाई सोधपुछका निम्ति बोलाइएको जानकारी दिए । उनले भने, “पेस्तोल कुन प्रकृतिको हो हामी बुझ्दै छौँ ।’’
क्याटेगोरी : जनमञ्च, पालिका, राजनीति
प्रतिक्रिया